8 months ago
April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ।
२ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । मुम्बई १७ रनमै २ विकेट गुमाएर समस्यामा परेको थियाे । तर, तेस्रो विकेटको लागि सूर्य र नमन धिरसँग ६९ रनको महत्वपूर्ण साझेदारी गरे । धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए ।

चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ६६ रनको साझेदारी गरे । तिलक २३ बलमा २ चौकाको सहयोगमा २५ रनमा १९औं ओभरको पाँचौं बलमा रिटायर आउट भए । पाँचौ विकेटका लागि तिलक र कप्तान हार्दिक पाण्ड्याले ३२ रनको साझेदारी गरे ।
कप्तान पाण्ड्या १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रनमा नट आउट रहे । ओपनर रायन रिकल्टन १० तथा विल ज्याक्स ५ रनमा आउट भए ।
मुम्बईलाई जितका लागि अन्तिम ओभरमा २२ रनको आवश्यकता थियो । पहिलो बलमा छक्का प्रहार गर्दै मुम्बईका पाण्ड्याले जितको आशा देखाए पनि आवेसले त्यसलाई पूरा हुन दिएनन् । लखनउले आइपिएल लिग चरणको खेलमा मुम्बईविरुद्धको अपराजित यात्रा कायमै राख्यो ।
लखनउका लागि शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान १ विकेट लिए ।
त्यसअघि अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।
पहिलो विकेटका लागि मारक्रम र मार्शले ४२ बलमा ७६ रनको साझेदारी गरे । मारक्रम ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा बनाए ।
चौथो विकेटका लागि आयुष बदोनीसँग मिलेर मारक्रमले ५१ रनको साझेदारी गरे । बदोनी १९ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । अब्दुल समाद २ बलमा ४ तथा निकोलस पुरन ६ बलमा १२ जोड्दै आउट भए ।
डेविड मिलरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ जोडे । खराब लयमा रहेका कप्तान ऋषभ पन्त आज पनि चल्न सकेनन् र ६ बलमा २ रन जोड्दै आउट भए ।
दिल्लीविरुद्धको पहिलो खेलमा रनको खाता खोल्न नसकेका ऋषभले हैदराबादसँगको दोस्रो खेलमा १५ रन जोडेका थिए ।
ऋषभले पञ्जाबसँगको अघिल्लो खेलमा २ रन मात्र जोडेका थिए । २७ करोडमा लखनउमा आबद्ध भएका ऋषभले ४ खेलमा १९ रन जोडेका छन् ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ विकेट लिए ।
जितसँगै लखनउले ४ खेलमा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । लखनउ पछिल्लो खेलमा घरमै पञ्जाब किंग्ससँग पराजित भएको थियो । पराजित मुम्बई ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । मुम्बईले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो ।
जितका साथै लखनउले आइपिएलको लिग चरणको खेलमा मुम्बईविरुद्धको अपराजित यात्रा कायमै गरेको छ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]