9 months ago
April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ।
२ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । मुम्बई १७ रनमै २ विकेट गुमाएर समस्यामा परेको थियाे । तर, तेस्रो विकेटको लागि सूर्य र नमन धिरसँग ६९ रनको महत्वपूर्ण साझेदारी गरे । धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए ।

चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ६६ रनको साझेदारी गरे । तिलक २३ बलमा २ चौकाको सहयोगमा २५ रनमा १९औं ओभरको पाँचौं बलमा रिटायर आउट भए । पाँचौ विकेटका लागि तिलक र कप्तान हार्दिक पाण्ड्याले ३२ रनको साझेदारी गरे ।
कप्तान पाण्ड्या १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रनमा नट आउट रहे । ओपनर रायन रिकल्टन १० तथा विल ज्याक्स ५ रनमा आउट भए ।
मुम्बईलाई जितका लागि अन्तिम ओभरमा २२ रनको आवश्यकता थियो । पहिलो बलमा छक्का प्रहार गर्दै मुम्बईका पाण्ड्याले जितको आशा देखाए पनि आवेसले त्यसलाई पूरा हुन दिएनन् । लखनउले आइपिएल लिग चरणको खेलमा मुम्बईविरुद्धको अपराजित यात्रा कायमै राख्यो ।
लखनउका लागि शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान १ विकेट लिए ।
त्यसअघि अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।
पहिलो विकेटका लागि मारक्रम र मार्शले ४२ बलमा ७६ रनको साझेदारी गरे । मारक्रम ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा बनाए ।
चौथो विकेटका लागि आयुष बदोनीसँग मिलेर मारक्रमले ५१ रनको साझेदारी गरे । बदोनी १९ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । अब्दुल समाद २ बलमा ४ तथा निकोलस पुरन ६ बलमा १२ जोड्दै आउट भए ।
डेविड मिलरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ जोडे । खराब लयमा रहेका कप्तान ऋषभ पन्त आज पनि चल्न सकेनन् र ६ बलमा २ रन जोड्दै आउट भए ।
दिल्लीविरुद्धको पहिलो खेलमा रनको खाता खोल्न नसकेका ऋषभले हैदराबादसँगको दोस्रो खेलमा १५ रन जोडेका थिए ।
ऋषभले पञ्जाबसँगको अघिल्लो खेलमा २ रन मात्र जोडेका थिए । २७ करोडमा लखनउमा आबद्ध भएका ऋषभले ४ खेलमा १९ रन जोडेका छन् ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ विकेट लिए ।
जितसँगै लखनउले ४ खेलमा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । लखनउ पछिल्लो खेलमा घरमै पञ्जाब किंग्ससँग पराजित भएको थियो । पराजित मुम्बई ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । मुम्बईले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो ।
जितका साथै लखनउले आइपिएलको लिग चरणको खेलमा मुम्बईविरुद्धको अपराजित यात्रा कायमै गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]