8 months ago
April 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा भएकाे छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।
बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।
सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) मा सकिनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागिता रहनेछ ।
नेपालको खेल तालिका यसप्रकार छ :
कतारविरुद्ध अप्रिल ९ (चैत २७) मा
कुवेतविरुद्ध अप्रिल १० (चैत २८) मा
हङकङविरुद्ध अप्रिल १२ (चैत ३०) मा
फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा
क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् ।
नेपाली टोली
रोहित पौडेल(कप्तान), आसिफ शेख, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल, कुशल भुर्तेल र शहाब आलम ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]