default_image

9 years ago

February 27, 2017

सुपर ओभरमा रुस्लान पराजित

177 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटमा जारी कर्पोरेट क्ल्यास २०१७ अन्तर्गत सोमबार भएको खेलमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले रुस्लानलाइ सुपर ओभरमा पराजित गरेको छ

manofthematch-gokul-jha

टस जितेर पहिलो रुस्लानले एन.एल.आई.सीलाइ ब्याटिङको निम्तो दिएको थियो कप्तान गोकुल झाको १९ रनको मद्दतले एन.एल.आई.सीले १२ ओभरमा ५ विकेट गुमाउदै ७९ रन जोड्यो उसका लागि किशोर कुमार तकछे (१४), अजय लाल दास (१३) र रोशन दवाडीले (१०)रनको योगादन दिए रुस्लानका रुपेश खड्काले ३ विकेट लिदै एक रनआउट गरेका थिए

८० रनको लक्ष्य पछ्याएको रुस्लानले राम्रो सुरुवात गरेको थियो उसका लागि ओपनर सुधिर दत्तले २२ र समिर कर्णले १३ रन जोडे मध्यक्रमले राम्रो प्रदर्शन नगरेपछि रुस्लानले नियमित विकेट गुमाएको थियो तर, जितको लागि अन्तिम रन लिने सुरमा अन्तिम विकेट गुमाएपछि खेल सुपर ओभरतर्फ धकेलियो

सुपर ओभरमा एन.एल.आई.सीका अजय लाल दासले २ विकेट लिएर ४ रन खर्चेपछि रुस्लान खेलमा पछि पर्यो पहिलो बलमा लेग बाइमा रन पाएपछि किशोर कुमार तकछेले चौका प्रहार गर्दै एन.एल.आई.सीलाइ लगातार दोश्रो जित दिलाएका थिए

विजयी टोलीका कप्तान गोकुल झा म्यान अफ द म्याच भए

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.