default_image

9 months ago

April 6, 2025

अफगानिस्तानले पहिले ब्याटिङ गर्ने

687 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको र अफगानिस्तानको यु-१९ बीचको दोस्रो अभ्यास खेलमा अफगानिस्तानले टस जितेको छ।

टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोज्यो।मुलपानी मैदानमा अब केहि बेरमा अफगानिस्तानले ब्याटिङ गर्नेछ।

यसअघि बिहीवार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो।

अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिजमा १-० को अग्रता रहेको छ। यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। यदि आज अफगानिस्तानले खेल जिते यो अभ्यास सिरिज अफगानिस्तानले जित्ने छ।

नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले सन् २००० मा पहिलो पटक यु १९ विश्व कप खेलेको थियो। सन २००० देखि २०२४ सम्म नेपालले ८ पटक विश्व कप खेलिसकेको छ। अब यो पटक नेपाल नवौं पटक विश्व कप खेल्ने प्रयासमा रहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.