9 months ago
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ विश्वकपका लागि जारी ३ खेलको अभ्यास सिरिजको दोस्रो खेलमा आज अफगानिस्तानले नेपाललाई नाटकीय शैलीमा १ रनले हराएको छ ।
यो सँगै तीन खेलको अभ्यास सिरिज अफगानिस्तानले एक खेल अगाडि २-० ले जितेको छ । नेपालको हारको प्रमुख कारण खराब ब्याटिङ नै बन्यो । साहिल पटेल बाहेक अन्य ब्याटरको प्रदर्शन फितलो रहँदा नेपालले जित निकाल्न सकेन ।
मुलपानी मैदानमा जितको लागि १ सय ६९ रनको लक्ष्य पछाएको नेपाल ४९.३ ओभरमा १ सय ६७ रनमा अल आउट हुँदा १ रनको पिडादायी हार बेहोर्न बाध्य भयो ।
ओपनर निरज कुमार यादव १५ रन र कप्तान नरेन भट्ट पनि मात्र १३ रन जोडेर आउट भए । ओपनर साहिल पटेललाई अन्य खेलाडीले साथ दिन सकेनन् । तर उनले सुझबुझपुर्ण ब्याटिङ गरे । क्रिजमा टिकिरहे ।

सिब्रिन श्रेष्ठ २ रन, दिलसाद अलि ८ रन, अभिषेक तिवारी २४ रन र रोशन विश्वकर्मा ९ रनमा आउट भए। ओपनर साहिल ४२ औं ओभरमा आउट भए । उनले १ सय १९ बल खेल्दै ६ चौका सहित ६८ रनको महत्वपूर्ण योगदान दिए। ७ विकेटको नोक्सानीमा नेपालले १ सय ४३ रन बनाएको थियो ।
४२.२ ओभरमा साहिल आउट हुँदा नेपाललाई जितको लागि २६ रन आवश्यकता थियो । बाँकी ४६ बल र ३ विकेटको साथमा नेपालले २६ रन बनाउन सकेन । सन्तोष यादव ४ रनमा र अप्राजित पौडेल खाता नखोली आउट भए ।
दबाबमा आएको नेपाललाई अन्तिम ६ बलमा जितेका लागि ११ रन आवश्यक थियो । त्यो ओभर नाटकीय बन्यो । दर्श सोनारले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल डट भयो । तेस्रो बलमा फेरि सोनारले स्ट्रेटमा चौका प्रहार गरे ।
चौथो बलमा दर्श बोल्ड भए। तर अम्पायरले यसलाई नो बल दिइसकेका थिए । अफगानी खेलाडी जित सोचेर खुसी मनाउँदा दर्श निराश भएर क्रिजबाहिर निस्के । तर विकेटकिपरले बल समाएर स्टम्प निकालेपछि अम्पायरले केहीबेर छलफलपछि रनआउट दिए । फ्रि हिट अवसरका साथै ३ बलमा २ रन चाहिने स्थिति हुनुपर्ने नेपाल रनआउटसँगै अलआउट भयो ।
बलिङमा वाहिदुल्लाह जद्रान, जाइतुल्लाह शाहिन, हाफिज जद्रानले समान विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो । आज अफगानिस्तानका खेलाडीले ब्याटिङमा संघर्ष गरे।
अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट गुमाइसकेको थियो। ओपनर खालिद अमदाजी १० रनमा सन्तोष यादवको बलमा आउट भए। यसपछि फैजल सिनोजादा बिना कुनै रन, उजैरुला नियाजाई १९ रनमा र बर्कत इब्राहिमजाई रनको खाता नखोली आउट भए।
कप्तान मेहबुब खान मात्र क्रिजमा टिके। अन्यले उनलाई साथ दिन समेत सकेनन्। रोउल्लाह अरबले २७ रन बनाए।
मेहबुबले अर्धशतकीय पारी खेले। उनले १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे। उनी नै अफगानिस्तानको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। उनलाई अभिषेक तिवारीले आउट गरे।
बलिङमा सन्तोष यादवले १० ओभरमा १ मेडन सहित २३ रन दिएर ३ विकेट लिए। यस्तै सिब्रिन श्रेष्ठले २ विकेट लिए।
यसअघि विहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले सन् २००० मा पहिलो पटक यु१९ विश्व कप खेलेको थियो। २००० देखि २०२४ सम्म नेपालले ८ पटक विश्व कप खेलिसकेको छ। अब यो पटक नेपाल नवौं पटक विश्व कप खेल्न छनोटको तयारीमा रहेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]