9 months ago
April 6, 2025
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा नेपाल उमन्स लेजेण्ड क्रिकेट सिरिज २०८१ हुने भएको छ ।
सन् २००७ र २००९ ब्याचका राष्ट्रिय महिला टोलीलाई पूर्व क्रिकेट खेलाडीको टोलीबिच सिरिज गर्न लागिएको हो ।
योलो ड्रिकिङ वाटरको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहयोगमा सोमवार र मंगलवार दुई दिन पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको टोली बिचमा वुमन्स लेजेण्ड टि ट्वान्टी सिरिज हुने जनाएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतवार पत्रकार सम्मेलनमार्फत सिरिजको जनाकारी गराइएको छ । प्रतियोगिता संयोजक २००७ को नेपाली महिला टोलीकी सदस्य नितु थापाले नयाँ खेलाडीहरुलाई हौसला प्रदान गर्न तथा पूर्व खेलाडीहरुको मिलनका रुपमा सिरिज गर्न लागेको बताइन् ।
सो अवसरमा उनले सन २००७ र २००९ ब्याचलाई समेटेर १७ वर्षपछि एकै थलोमा राष्ट्रिय महिला खेलाडीको जमघट गर्न लागिएको बताइन् । देशका विभिन्न ठाउँबाट खेलाडी आईसकेको तथा अन्य प्राविधिक पक्षमा काम पूरा भएको पनि उनले जानकारी दिइन्।

२००७ को टोलीमा नेरी थापामगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लामगादे, बिनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिह, ममता थापा, ज्योति कुवर छन् ।
त्यस्तै २००९ को टोलीमा रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिमा थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारी छन् ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले संस्थागत रुपमा आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्ने प्रतिवद्घता जनाउदै महिला क्रिकेटरबीच पहिलो पटक यस्तो खाले सिरिजबाट सबै उत्साहित रहेको बताए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]