default_image

8 months ago

April 6, 2025

रुपन्देहीमा उमन्स लेजेण्ड सिरिज हुँदै

264 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

रुपन्देहीमा नेपाल उमन्स लेजेण्ड क्रिकेट सिरिज २०८१ हुने भएको छ ।

सन् २००७ र २००९ ब्याचका राष्ट्रिय महिला टोलीलाई पूर्व क्रिकेट खेलाडीको टोलीबिच सिरिज गर्न लागिएको हो ।

योलो ड्रिकिङ वाटरको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहयोगमा सोमवार र मंगलवार दुई दिन पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीको टोली बिचमा वुमन्स लेजेण्ड टि ट्वान्टी सिरिज हुने जनाएको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतवार पत्रकार सम्मेलनमार्फत सिरिजको जनाकारी गराइएको छ । प्रतियोगिता संयोजक २००७ को नेपाली महिला टोलीकी सदस्य नितु थापाले नयाँ खेलाडीहरुलाई हौसला प्रदान गर्न तथा पूर्व खेलाडीहरुको मिलनका रुपमा सिरिज गर्न लागेको बताइन् ।

सो अवसरमा उनले सन २००७ र २००९ ब्याचलाई समेटेर १७ वर्षपछि एकै थलोमा राष्ट्रिय महिला खेलाडीको जमघट गर्न लागिएको बताइन् । देशका विभिन्न ठाउँबाट खेलाडी आईसकेको तथा अन्य प्राविधिक पक्षमा काम पूरा भएको पनि उनले जानकारी दिइन्।

२००७ को टोलीमा नेरी थापामगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लामगादे, बिनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिह, ममता थापा, ज्योति कुवर छन् ।

त्यस्तै २००९ को टोलीमा रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिमा थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारी छन् ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले संस्थागत रुपमा आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्ने प्रतिवद्घता जनाउदै महिला क्रिकेटरबीच पहिलो पटक यस्तो खाले सिरिजबाट सबै उत्साहित रहेको बताए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.