default_image

8 months ago

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

534 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो।

सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा आउट हुँदा ३८ रन मात्र बनाएको थियो। ट्राभिस ८ रनमा, अभिषेक १८ रनमा मोहम्मद सिराजको बलमा आउट भए। लगत्तै तेस्रो विकेटको रुपमा इशान किशन पनि १७ रनमा नै आउट भए।

त्यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले चौथो विकेटको लागि ५० र को साझेदारी गरे। हेनरिक २७ रनमा आउट भए। उनलाई पछयाउँदै नितिश ३१ रनमा पबिलियन फर्किए। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बने।

सनराइजर्सले १ सय ५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। त्यसपछि अन्य खेलाडीहरू पनि सस्तो रन रेटमा समेटिए। कप्तान प्याट क्युमिन्सले ९ बलबाट अविजित २२ रन जोडे।

बलिङमा सिराजको प्रदर्शन प्रभावशाली रहयो। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए।
प्रसिद्ध कृष्ण र साई किशोरले समान विकेट झारे।

गुजरात तेस्रो जित निकाल्ने दाउमा छ। गुजरातसँग ४ अंक रहेको छ। सनराइजर्स भने लगातरको तेस्रो हारमा २ अंक सहि पुछारमा रहेको छ।

सनराइजर्स र गुजरातबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा गुजरातले ३ खेलमा जित निकालेको छ। हैदराबादमा यी दुई टोलीबीचको पछिल्लो खेल भने वर्षाका कारण रद्द भएको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.