9 months ago
April 7, 2025
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा आज रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ।
मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई ४ खेलमध्ये केवल एकमा जित हात पार्दै अंक तालिकामा आठौं स्थानमा छ ।
राजत पाटीदारको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।
करिब तीन महिनापछि कम्मरको चोटबाट निको भइ जसप्रीत बुमराह क्रिकेटमा फर्किन लागेका छन्।उनलाई बोर्डर-गाभास्कर ट्रफीका क्रममा चोट लागेको थियो।
सबैको ध्यान पुनरागमन गर्दै गरेका जसप्रीत बुमराहतर्फ केन्द्रित हुनेछ। आइतबार मुम्बई इन्डियन्स टोलीमा पुन: सामेल भएका बुमराहले पहिलो ४ खेल गुमाएका थिए ।
रोहित शर्मा पनि आज खेल्नेछन् । घुँडाको चोटका कारण उनले लखनउ सुपर जायन्ट्सविरुद्धको अघिल्लो खेल गुमाएका थिए।
विराट कोहली र पाटीदार जस्ता खेलाडी राम्रो लयमा हुनु बैंगलुरुको बलियो पक्ष हो ।
मुम्बई र बैंगलुरु बीच अहिलेसम्म ३३ खेल भइसकेका छन्। यीमध्ये मुम्बईले १९ र बैंगलुरुले १४ खेल जितेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]