9 months ago
April 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु मुम्बई इण्डियन्सलाई २ सय २२ रनको चुनौति दिएको छ।
मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो।
ओपनर फिल साल्ट ४ रनमा नै आउट भए। यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा विराटले २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए।
तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १४३ रन बनाएको थियो। लगतै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।
यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए।
३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।
बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ र। दिएर २ विकेट लिए।
रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितको खोजीमा छ। पाँचौं खेल खेलिरहेको मुम्बईले तीन खेल हारिसकेको छ। उसलाई दोस्रो जित निकाल्ने दबाब छ।
मुम्बई र बैंगलुरु बीच अहिलेसम्म ३३ खेल भइसकेका छन्। यीमध्ये मुम्बईले १९ र बैंगलुरुले १४ खेल जितेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]