8 months ago
April 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले तेस्रो जित निकालेको छ। बैंगलुरुले आज मुम्बई इण्डियन्सलाई १२ रनले हरायो।
जितको लागि २ सय २२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।
ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाएको थियो।
त्यसपछि विल ज्याक्स २२ र सूर्य कुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो।
पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौं विकेटको लागि ८९ रनको साझेदारी गरे।
तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो।
बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए।

त्यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा कोहली २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए।
तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १बसय ४३ रन बनाएको थियो। लगत्तै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।
त्यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए। ३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।
बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए।
रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितका साथ ६ अंक बनाएको छ। पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो। उससँग मात्र २ अंक छ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]