9 months ago
April 7, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले तेस्रो जित निकालेको छ। बैंगलुरुले आज मुम्बई इण्डियन्सलाई १२ रनले हरायो।
जितको लागि २ सय २२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।
ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट हुँदा मुम्बईले मात्र ३८ रन बनाएको थियो।
त्यसपछि विल ज्याक्स २२ र सूर्य कुमार यादव २८ रनमा पबिलियन फर्किए। चौथो विकेटको नोक्सानीमा मुम्बईले ९९ रन मात्र जोड्यो।
पाँचौं विकेटको लागि तिलक वर्मा र कप्तान हार्दिक पाण्ड्याले पाँचौं विकेटको लागि ८९ रनको साझेदारी गरे।
तिलकले २९ बलमा ४ चौका र ४ छक्का सहित ५६ रन जोडेर आउट भए। लगतै हार्दिक पनि ४२ रनमा आउट भए। यो सँगै मुम्बई पराजित हुन पुग्यो।
बलिङमा क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो। ओपनर फिल साल्ट ४ रनमा नै आउट भए।

त्यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा कोहली २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए।
तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १बसय ४३ रन बनाएको थियो। लगत्तै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।
त्यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए। ३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।
बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए।
रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितका साथ ६ अंक बनाएको छ। पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो। उससँग मात्र २ अंक छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]