default_image

9 months ago

April 8, 2025

आइपिएलमा २ खेल- पहिलोमा कोलकाता र लखनउ खेल्दै

732 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुनेछन् ।

पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइ मटस्बीच हुनेछ। यो जारी आइपिएलको २१ औं खेल हो ।

कोलकाताको इडन गार्डेन्समा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्।

कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन। टोलीको कुनै पनि ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

लखनउका मिशेल मार्श र निकोलस पूरण मात्र लयमा देखिएका छन्। यद्दपी पछिल्लो खेलमा एडन मार्करामले उत्कृष्ट अर्धशतक प्रहार गरे ।

४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अंक जोड्दै कोलकाता तालिकाको पाँचौं र लखनउ छैंटौंमा छ।

पंजाब र चेन्नई खेल्दै

अर्को खेल पंजाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। पंजाब किंग्सले ३ खेल खेलेमा २ जितेको छ। पंजाबले दुबै अवे खेल जितेको हो । आफ्नो पहिलो घरेलु खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ‌।

सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ खेलमा हार खेप्नुपरेको छ। ५ पटकको विजेता टोलीले जितको लय समात्न संघर्ष गरिरहेको छ। दुवै टोली पहिलो पटक मुल्लानपुर मैदानमा एकअर्काविरुद्ध खेल्दै छन्।

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। ३ खेलमा ४ अंकसहित पंजाब तालिकाको चौथो स्थानमा छ। ४ खेलमा १ खेल जितेको चेन्नई नवौं स्थानमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.