8 months ago
April 8, 2025
एजेन्सी – लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २ सय ३९ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनायो । टोलीका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए।
ओपनर इडन मारक्रम र मार्सलले उत्कृष्ट सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे।
मारक्रम ३ रनले अर्धशतक बनाउन चुके ।२८ बलमा उनले ४ चौका र २ छक्कामा ४७ रन बनाए ।
त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा ८१ रन बनाए ।
पुरन ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे। अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे।
कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]