8 months ago
April 9, 2025
विराटनगर (हाम्रो खेलकुद)- विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले चौथो मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।
विराटनगरको जुट मिल खेलमैदानमा बुधवार भएको अन्तिम क्वार्टरफाइनलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसी अन्तिम चारमा पुगेको हो।
१ सय ४१ रनको लक्ष्य वाइआरसिसीले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
वाइआरसिसीको उत्कृष्ट जितमा अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर । प्लेयर अफ द म्याच घोषित अमितले ३ हजार रुपैयाँ प्राप्त गरे ।
अमित यादवले २९ बलमा २ छक्का र ३ चौकासहित अविजित ३७ रन बनाए । ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे ।
दिलिप नाथले ७ बलमा अविजित १६ रन र शुभ कंसाकारले १० बलमा १२ रन बनाए । सिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि समान २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।
सिराहाका शैलेन्द्र साहले १७ बलमा सर्वाधिक २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले १२ बलमा अविजित १४ रन बनाए ।
वाइआरसिसीका विधान गोस्वामीले ३, राम नरेश गिरीले र नरेन साउदले समान २ विकेट लिए ।
वाइआरसिसीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ ।
वाइआरसिसीले शुक्रवार सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख १ हजार, दोस्रो टोलीले १ लाख १ हजार रुपैयाँस प्राप्त गर्ने मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठले दिएकी छिन् । फाइनल शनिवार हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]