8 months ago
April 9, 2025
सुमन अधिकारी, बुटवल
दाङ र रुपन्देही जिल्ला लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
प्रतियोगितामा बुधवार भएको सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको हो।
दाङको घोराहीस्थित खेल मैदानमा भएको सेमिफाइनलमा दाङले ९२ रनको सामान्य लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दाङका लागि सुशान्तले २१ रन, दिनेश बोहराले ९, शिशिर डिसीले अविजित २० रन बनाए । कपिलवस्तुका शिव कुवरले २, आकाश त्रिपाठी र रौनक श्रीवास्तवले समान १ विकेट लिए ।

कपिलवस्तुले १८.३ ओभरमा अल आउँदै हुदै ९१ रन बनायो । कपिलवस्तुका महेश भारले १५ , आकाशले १४, अनुजकुमार तेलीले १३, सहबाज अलीले १२ , रम्जान अलीले ११ रन र शिव कुवरले १० रन जोडे।
दाङका तुलबहादुर थापाले ३.३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। दिनेश बोहराले ३ , शुभम खनालले २ विकेट लिए । दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच घोषित भए।
लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको ७७ रनको सामान्य लक्ष्य रुपन्देहीले मात्र ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
रुपन्देहीका कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । देवले १२ बलमा २१ रन बनाए । मृनालले २३ बलमा ५ चौकासहित २५ रन जोडे । बर्दियाका लागि सनम बुढाले ३ विकेट लिए।
त्यसअघि बर्दियाले ७६ रन बनायो। टोलख निर्मल गुरुङले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाए । निखिल खत्रीले १२ , अभिषेश राठोरले ७ रन जोडे।
रुपन्देहीका कृष्ण कार्कीले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए ।सन्देश थापा र अजय चौहानले समान २ विकेट लिए । रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक र एवम् व्यवस्थापनमा प्रतियोगिता सन्चालन भइरहेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]