8 months ago
April 10, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा टस जितेको छ।
दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता दिन चाहन्छ। तर यसको लागि उसले आज आरसिबीको कडा चुनौती पन्छाउनुपर्नेछ। आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ।
आरसिबीले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता फरक पिचमा जित हात पारेको छ। उसले एक मात्र हार भने घरेलु मैदानमा गुजरात टाइटन्स विरुद्ध बेहोरेको थियो। आरसिबीको ४ खेलबाट ६ अंक छ।
आरसिबीका कप्तान रजत पाटिदार उत्कृष्ट लयमा छन्। विशेषगरी स्पिन बलिङ विरुद्ध उनी प्रभावशाली सावित हुन सक्छन्।
पछिल्लो खेलमा मुम्बईविरुद्ध विराट कोहलीले सानदार प्रदर्शन गर्दै यस सिजनको दोस्रो अर्धशतक पूरा गरेका थिए। उनको प्रदर्शन पनि प्रमुख रहनेछ।
फाफ डु प्लेसिसको फिटनेस दिल्लीका लागि निर्णायक बन्न सक्छ। चेन्नईविरुद्धको खेलमा उनले विश्राम लिएका थिए। यदि उनी केएल राहुलसँग ओपनिङ गर्न तयार हुन्छन् भने आरसिबीका प्रारम्भिक बलरहरूलाई सुरुदेखि नै सशक्त प्रदर्शन गर्नु पर्ने दबाब रहनेछ।
चेन्नईविरुद्धको खेलमा केएल राहुलले उत्कृष्ट अर्धशतक बनाउँदै टोलीलाई जित दिलाएका थिए। उनको प्रदर्शन पिन महत्वपूर्ण रहनेछ।
यी दुईबीच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसिबीले १९ र दिल्लीले११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]