8 months ago
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि
१ सय ६४ रनको चुनौति दिएको छ।
टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्।
ओपनर फिल साल्टले ३७ रन बनाए। उनले १७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यसपछि आठौं क्रमका टिम डेबिट अविजित ३७ रनमा रहे।
कप्तान रजत पाटीदारले २५ रन, विराट कोहलीले २२ रन र क्रुनाल पाण्ड्येले १८ रन जोडे। अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा विपराज निगम र कुलदीप यादवले समान २ विकेट लिए।

दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। ३ खेल जितेको दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहेको छ। आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ। आरसिबीले ४ खेलबाट ६ अंक बनाएको छ।
यी दुईबीच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसीबीले १९ खेल जित्दा दिल्लीले ११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]