default_image

8 months ago

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

1524 views

0 Bookmark

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌।

के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो।

१ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो।

पहिलो क्रमका तीन ब्याटर फाफ डु प्लेसिस २ रन तथा जेक फ्रेजर र अभुषेक पोरेल समान ७ रनमा आउट भए। ३ विकेट गुमाउँदा दिल्लीले ३० रन मात्र जोडेको थियो। लगतै कप्तान अक्षर पटेल पनि १५ रनमा आउट भए।

तर केएल राहुल क्रिजमा टिके। उनले ३७ बलमा अर्धशतक बनाए। सानदार ब्याटिङ गर्दै दिल्लीको जितको आधार तयार पारे।

उनले ट्रिस्टान स्टब्ससँग मिलेर पाँचौं विकेटको लागि अविजित १ सय ११ रनको तारिफयोग्य साझेदारी गरे। के एलले ५३ बल खेलेर ७ चौका र ६ छक्का सहित अविजित ९३ रनको पारी खेले।

त्यो नै जितको प्रमुख कारण बन्यो। ट्रिस्टान अविजित ३८ रनमा रहे। बलिङमा भुवनेश्वर कुमारले २ विकेट लिए।

त्यसअघि टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो।

कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ रन बनाए। उनले १७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यसपछि आठौं क्रमका टिम डेबिट अविजित ३७ रनमा रहे।

कप्तान रजत पाटीदारले २५ रन, विराट कोहलीले २२ रन र क्रुनाल पाण्ड्येले १८ रन जोडे। अन्यले दोहोरो अंकको रन छुन सकेनन्। बलिङमा विपराज निगम र कुलदीप यादवले समान २ विकेट लिए।

दिल्लीले ४ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। ४ खेल जितेको दिल्लीले ८ अंक बनाएको छ। दिल्लीले शीर्षस्थानमा रहेको गुजरातले जत्तिकै ८ अंक जोड्यो।

दिल्लीले गुजरातले भन्दा १ खेल कम खेलेको छ।आरसिबीको यो पाँचौं खेलमा दोस्रो हार हो। आरसीबीले ६ अंक सहित तेस्रो स्थानमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.