default_image

8 months ago

April 12, 2025

वाइआरसिसीलाई इण्डो-नेपाल क्रिकेट उपाधि

332 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले चौथो मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुट मिल खेल मैदानमा शनिवार भएको फाइनलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसिसीले उपाधि रक्षा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिम १६.३ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । पटनाका सुदर्शन कुमारले ३२ बलमा सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन जोडे । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वाइआरसिसीका हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट समान ३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन र रामले ३.३ ओभरमा १३ रन दिएर खर्चिए ।

१ सय २ रनको सामान्य लक्ष्य पछ्याएको वाइआरसिसीले मात्र ८ ओभरमा २ विकेट गुमाएर विजय हासिल गर्यो ।

टोलीका इमरान शेखले निर्णायक भूमिका निभाए । उनले ३२ बलमा विस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ७ चौकासहित नटआउट ७२ रन बनाए ।

शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको जोडे । पटनाका रेहान दास गुप्ता र नन्द किशोरले समान १ विकेट लिए ।

उत्कृष्ट प्रदर्शन गरेका वाइआरसिसीका इमरान फाइनलको ’प्लेयर अफ द म्याच’ घोषित भए र ३ हजार रुपैयाँ प्राप्त गरे ।

वाइआरसिसीका नरेश गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए र २५ हजार रुपैयाँ पाए । होराइजनका दिपेश कडेल उत्कृष्ट बलर र पटनाका कुमार श्रेय उत्कृष्ट ब्याटर घोषित भए । उनीहरुले समान १५ हजार रुपैयाँ पाए ।

विजेता वाइआरसिसीले ट्रफीसहित २ लाख १ हजार रुपैयाँ र पटनाले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजता टोलीलसई क्रिकेट संघ नेपालका उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरे ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा नेपाल र भारतका समसन ६ गरी १२ टोलीको सहभागिता थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.