8 months ago
April 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले चौथो मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगर जुट मिल खेल मैदानमा शनिवार भएको फाइनलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसिसीले उपाधि रक्षा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिम १६.३ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । पटनाका सुदर्शन कुमारले ३२ बलमा सर्वाधिक ४६ रन बनाए ।
त्यस्तै पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन जोडे । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वाइआरसिसीका हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट समान ३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन र रामले ३.३ ओभरमा १३ रन दिएर खर्चिए ।
१ सय २ रनको सामान्य लक्ष्य पछ्याएको वाइआरसिसीले मात्र ८ ओभरमा २ विकेट गुमाएर विजय हासिल गर्यो ।
टोलीका इमरान शेखले निर्णायक भूमिका निभाए । उनले ३२ बलमा विस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ७ चौकासहित नटआउट ७२ रन बनाए ।
शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको जोडे । पटनाका रेहान दास गुप्ता र नन्द किशोरले समान १ विकेट लिए ।
उत्कृष्ट प्रदर्शन गरेका वाइआरसिसीका इमरान फाइनलको ’प्लेयर अफ द म्याच’ घोषित भए र ३ हजार रुपैयाँ प्राप्त गरे ।
वाइआरसिसीका नरेश गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए र २५ हजार रुपैयाँ पाए । होराइजनका दिपेश कडेल उत्कृष्ट बलर र पटनाका कुमार श्रेय उत्कृष्ट ब्याटर घोषित भए । उनीहरुले समान १५ हजार रुपैयाँ पाए ।
विजेता वाइआरसिसीले ट्रफीसहित २ लाख १ हजार रुपैयाँ र पटनाले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजता टोलीलसई क्रिकेट संघ नेपालका उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरे ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा नेपाल र भारतका समसन ६ गरी १२ टोलीको सहभागिता थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]