8 months ago
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ।
अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।
ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।
त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए।
तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।
दिल्ली ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा छ। दिल्ली लगातार पाँचौ जित निकाल्ने दाउमा छ। मुम्बईसँग भने मात्र २ अंक छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]