8 months ago
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ।
अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।
ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।
त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए।
तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।
दिल्ली ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा छ। दिल्ली लगातार पाँचौ जित निकाल्ने दाउमा छ। मुम्बईसँग भने मात्र २ अंक छ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]