default_image

8 months ago

April 13, 2025

मुम्बईद्वारा दिल्लीको अपराजित यात्रामा पूर्णविराम

1050 views

0 Bookmark

एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको‌ अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ।

मुम्बईले‌ दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको‌ यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि जारी आइपिएलमा पहिलो हार बेहोरेको छ।

रनको खाता नखोली पहिलो विकेट गुमाएपनि अभिषेक पोरेल र करुण नायरले दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन्।

नायरले ४० बलमा १२ चौका र ५ छक्कासहित ८९ रनको महत्वपूर्ण इनिङ खेले। पोरेलले २५ बलमा ३ चौका र १ छक्कामा ३२ रन जोडे।

केएल राउल १५, आशुतोष शर्मा १७ , विपराज निगम १४ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका करन शर्माले ३, मिचेल सान्टनेरले‌ २, दीपक चेहेर र जसप्रति बुमराहले समान १ विकेट लिए।

त्यस अघि अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।

ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।

त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए।

तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।

५ खेलमा ८ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.