8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानले हङकङलाई ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। अफगानिस्तानको यो लगातार दोस्रो जित हो।
तल्लो मुलपानीमा भएको खेलमा जितको लागि ७१ रनको अत्यन्त सामान्य लक्ष्य अफगानिस्तानले १४.२ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पूरा गर्यो।
अफगानिस्तानको सहज जितमा खालिद अहमदजाईले अविजित ३० रन बनाए। मेहबुब खान अविजित २२ रनमा रहे। यस्तै फैजल खानले १३ रन बनाए। बलिङमा ड्यानियल मोर्गानले २ विजेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा अल आउट हुँदै मात्र ७० रनमा समेटियो। हङकङ अफगानिस्तानका बलर सामु अत्यन्त निरिह बन्यो।
प्रित किशोर कुमार मङ्गुकियाले सबैभन्दा बढी १४ रन र जुड लि थोमसले १३ रन जोडे। यी दुई बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा हाफिजुल्लाह जद्रानले ८ ओभर २ बलमा २ मेडन सहित १६ रन दिएर ३ विके झारे। नुरूस्तानी ओमाराजीले २ विकेट लिए ।
लगातारको दोस्रो जितमा अफगानिस्तानले ४ अंक बनाएको छ। हङकङले पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]