8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ ।
ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो।
जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो।
नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।
निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे।
त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे।
यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो।
ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।
ओमानका खेलाडीहरूले निराशाजनक ब्याटिङ गरे। कुनै पनि समय ठुलो साझेदारी बन्न सकेन्। आठ खेलाडीले दोहोरो रन छुन सकेनन्।
ओमानलाई निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे। ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।
लगातारको दोस्रो जितमा नेपालले ४ अंक बनाएको छ।
नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराएको थियो।
दुई खेलमा ओमान जित विहिन छ। ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो।
अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]