default_image

8 months ago

April 14, 2025

आइपिएलमा लखनउ र चेन्नई खेल्दै

595 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ।

लखनउमा‌ नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् ।

तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो ।

धोनी पुन: कप्तान बनेर फर्किएको उत्साह त्यति देखिएको‌ छैन। टोली पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित भएको थियो।

लखनउले ब्याटिङमा केहि लचिलोपन देखाएको छ । दिग्वेश राठी जस्तस चर्चामा नरहेका भारतीय खेलाडीलाई मौका दिएको छ । चेन्नई कुनै प्रयोग नगरी एक निश्चित ढाँचामा खेलिरहेको छ।

लखनउले पहिलो बलदेखि नै आक्रामक ढंगमा खेल्दै आएको छ । पछिल्ला ३ खेलमा पावरप्लेतर्फ विकेट गुमाएको छैन । चेन्नईले अझै पनि सुरुवातमै लय र स्थायित्व खोज्दै छ।

चेन्नईका कुनै ब्याटर आइपिएलमा सर्वाधिक रन बनाउने शीर्ष १० मा छैनन् । रचिन रविन्द्र १ सय ४९ रनका चेन्नईको शीर्ष रन बनाउनेमा छन् ।

६ खेलमा‌ ८ अंकसहित लखनउ चौथो स्थानमा छ। ६ खेलमा २ अंक जोड्ने चेन्नई एक्लो टोली हो।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.