default_image

8 months ago

April 15, 2025

आइपिएलमा कोलकाता र पन्जाब खेल्दै

784 views

0 Bookmark

एजेन्सी – गत वर्ष श्रेयस अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) को उपाधि जितेको थियो।

यस पटक अय्यरले पन्जाब किंग्सको कप्तानी गरिरहेका छन्। उनको नेतृत्वमा पन्जाबले आज पूर्व टोली कोलकाताविरुद्ध खेल्दै। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा अय्यर त्यो सूचीमा थिएनन्। नयाँ टोलीमा स्थानान्तरण र प्रशिक्षक रिक्की पोन्टिङसँगको पूनर्मिलनले अय्यरलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न मद्दत गरेको छ।

आइपिएलको गत संस्करणमा अय्यरको स्ट्राइक रेट १४६.८६ थियो । यो सिजनमा उनले त्यसलाई बढाएर २०८.३३ पुर्‍याएका छन् । अय्यरले आफ्नो छोटो बलप्रतिको कमजोरी पनि पार गरेका छन्, र तीव्र गतिका बलरहरूलाई सजिलै सामना गरिरहेका छन्।

अय्यर र पन्जाबले आज यो सिजनकै सबैभन्दा प्रभावशाली स्पिन आक्रमणको सामना गर्नेछन्। अय्यरले कोलकाताको नेटमा सुनिल नारिन र वरुण चक्रवर्तीको बलिङको सामना गरेका थिए ।‌ उनी यो सिजन अहिलेसम्म स्पिन बलरबाट आउट भएका छैनन्। आज उनले कसरी स्पिनको सामना गर्नेछन् त्यो हेर्न लायक हुनेछ ।

नारिन र वरुणले कोलकातामा लागि स्पिनरले मौका पाउँदा ४९ ओभरमध्ये ४१ ओभर बलिङ गरेका छन्।

पन्जाब ५ खेलमा‌ ३ जितका साथ ६ अंकसहित छैटौं स्थानमा छ। ६ खेलमा ६ अंकसहित कोलकाता पाँचौं स्थानमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.