default_image

8 months ago

April 15, 2025

रोमान्चक खेलमा पन्जाबको जित

2757 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ।

आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो।

कोलकाताले जित निकाल्ने राम्रो मौका गुमायो।
ओपनरद्वय सुनिल नराइन र क्विन्टन डि कक २ रनमा आउट भए। २ ओपनर गुमाउँदा कोलकाताले ७ रन बनाएको थियो।

त्यसपछि अजिन्के राहने र अङकृश रघुबंशीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। राहने १७ रनमा आउट भए। अङकृश २८ बलमा ३७ रन जोडेर आउट भए।

सामान्य लक्ष्य पछाएको कोलकाताले पनि सानदार ब्याटिङकासाथ सहज जित निकाल्न भने सकेन। भेन्कटेश्वर अयर ७ रनमा, रन्कु सिंह २ रनमा, रमनदीप सिंह रनको खाता नखोली र हर्षित राना ३ रनमा आउट भए।

कोलकाताले ७९ रन बनाउँदा ८ विकेट गुमायो। यसपछि आन्द्रे रसल १७ रनना वैभव अरोरा शुन्य रनमा आउट भए। कोलकाता ९५ रनमा समेटियो।

बलिङमा युजबेन्द्र चाहलले ४ ओभरमा २८ रनखर्चेर ४ विकेट लिए। मार्की जानसेनले ३ विकेट झारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ११ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको पन्जाबका खेलाडीहरू २० ओभर क्रिजमा टिक्न सकेनन्।

प्राभसिम्रन सिंहले सर्वाधिक ३० रन, प्रियान्स आर्याले २२ रन, सशांक सिंहले १८ रन र नेहाल वादेराले १० रन बनाए। अन्यले दोहोरो रनमा अंकमा छुन सकेनन्।

बलिङमा हर्षित रानाले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए। यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए।

पन्जाबको यो चौथो जित हो। ८ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। सातौं खेलमा चौथो हार बेहोरेको कोलकातासँग ६ अंक रहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.