8 months ago
April 16, 2025
एजेन्सी – राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई सुपर ओभरमा गएको छ।
जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको नोक्सानीमा १ सय ८८ रन बनायो ।
अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो। तर टोलीले ८ रन मात्र बनाउन सक्यो। मिचेल स्टार्कले अन्तिम ओभर बलिङ गरेका थिए।
टोलीका लागि ओपनर यशस्वी जैसवाल र नितिश राणाले अर्धशतकीय इनिङ खेले। यशस्वी र कप्तान संजु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । संजु ३१ रन बनाएर रिटायर्ड हर्ट भए ।
यशस्वीले ३७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन बनाए । रियान पराग ८ रनमा आउट भए। नितिशले २८ बलमा ६ चौका र २ छक्काका साथ ५१ रननै बनाए ।
ध्रुव जुरेल २६ र सिमरन हिमेयर १५ रनमा नटआउट रहे।
दिल्लीका मिचेल स्टार्कले, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।
अरुण जैटली स्टेडियममा त्यसअघि राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन जोड्यो।
अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। केएल राहुलले ३८ रन बनाउँदा कप्तान अक्षर पटेलले ३४ र ट्रिस्टान स्टब्स अविजित ३४ रनमा रहे।
बलिङमा जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]