default_image

8 months ago

April 17, 2025

हैदराबाद र मुम्बई भिड्दै

693 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले पहिलो खेलमा गरेको ब्याटिङले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यस पटक ३ सय रन पुग्न सक्ने आंकलन हुन सुरु भएको थियो।

६ विकेट नोक्सानीमा २ सय ८६ रन बनाउँदै हैदराबादले आफ्नै पुरानो कीर्तिमान नजिक पुगेको थियो। त्यसपछि भने हैदराबादले सोचे जस्तो प्रदर्शन गर्न सकेन।

आज मुम्बई इण्डियन्ससँग खेल्दा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ। हैदराबाद र मुम्बईको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

हैदराबादका ट्राभिस हेर्ड र अभिषेक शर्माले आक्रामक खेल प्रदर्शनले टोलीको मनोबल उच्च छ। हैदराबाद र मुम्बईले समान ६ खेलमा ४ अंक छ।

मुम्बई का लागि ७ सिजन खेलेका इशान किशन अहिले
हैदराबाद उनीहरु विरुद्ध मैदानमा उत्रिनेछन्। किशनले गत सिजन १४९ को स्ट्राइक रेटमा ३ सय २० रन बनाए पनि मुम्बई उनलाई मेगा अक्सनअघि रिटेन गरेन।

मुम्बईले उनलाई फेरि किन्ने प्रयास गर्‍यो तर ३.२ करोड रुपैयाँमा बोलीबाट बाहिरियो । गैससले किशनलाई ११.२५ करोड रुपैयाँमा किन्यो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.