8 months ago
April 18, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज एक अर्काको सामना गर्नेछन्।
बैैंगलुरुस्थित एम चिन्नस्वामी मैदानमा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आरसिबीले यो सिजन घरेलु मैदानको फाइदा उठाउन सकेको छैन । टोलीले चार खेल बाहिरी मैदानमा जितेकाे छ ।
पन्जाबको सामना गर्दै टोलीलाई घरेलु मैदानमा जित दर्ता गर्ने मौका हुनेछ। तर त्यो सहज भने रहने छैन ।
पन्जाब सिजनको सबैभन्दा विस्फोटक पावरप्ले युनिट मध्ये एक हो ।
आरसिबीको तीव्र गतिका बलरले पनि घरेलुु मैदानमा संघर्ष गरिरहेका छन्। जोस हेजलवुडको समग्र प्रदर्शन राम्रो छ । तर घरेलु मैदानमा एउटा मात्र विकेट लिएका छन् त्यो पनि इकोनोमी १२.१ रहेको छ।
अर्को तर्फ पंजाबसग आक्रमण शैली छ। प्रियंश आर्य (२ सय १६ रन) र श्रेयस अय्यर (२ सय ५ रन) को प्रदर्शनले टोलीलाई उच्च मनोबल दिन्छ ।
त्यसमाथि पन्जाबले दुई दिनअघि कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो लक्ष्यको रक्षा गरेको थियो। त्यो जितमा प्लेयर अफ द म्याच भएका थिए युजवेन्द्र चहल । उनले ४ विकेट लिएर आफ्नो सिजन पुनर्जीवित गर्ने प्रयास गरेका छन् ।
८ सिजन आरसिबीका लागि खेलेका चहल चिन्नस्वामीमा आइपिएल इतिहासका सबैभन्दा धेरै विकेट लिने बलर हुन्।
यी दुई टोलीबीच आइपिएलमा अहिले सम्म ३३ खेल भएको छ। जसमा आरसिबीले २६ र पन्जाबले १७ खेल जितेको छ।
आइपिएलको अंक तालिकामा समान ८ अंकसहित आरसिबी तेस्रो र चौथो स्थानमा छ। आजको खेल जित्ने टोलीले शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग अंक बराबरी गर्नेछ।

December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]