default_image

8 months ago

April 19, 2025

राजस्थानलाई लखनउको मध्यम लक्ष्य

456 views

0 Bookmark

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगलाई १ सय ८१ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको लखनउले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ। एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए ।

मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ बलमा ५ चौका र १ छक्का साथ ५० रन जोडे।

अब्दुल सामदले १० बलमा ४ छक्कासहित नटआउट ३० रन‌ बनाए । निकोलस पुरनले ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वानिन्डु हसरंगाले २ , जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ विकेट लिए। लखनउ पाँचौं र राजस्थान आठौं स्थानमा छ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.