8 months ago
April 20, 2025
एजेन्सी – पञ्जाब किङ्सविरुद्ध एम चिन्नास्वामी स्टेडियममा लज्जास्पद हार भोगेको दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) आज फेरि श्रेयस अय्यरको टोलीसँग भिड्दैछ।
शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो । पहिले ब्याटिङ गर्दै घरेलु टोलीले १४ ओभरमा ९ विकेट गुमाएर केवल ९५ बनायो।
पञ्जाबका तीव्र गतिका बलरहरूले खेलको सुरुवातमै दबाब बनाउँदै आरसिबीलसई ६.१ ओभरमा ३३/५ मा रोक्यो । यदि अन्त्यतिर टिम डेभिडले बहादुरीपूर्ण अर्धशतक नबनाएका भए आरसिबीको अवस्था त्यो भन्दा खराब हुन सक्थ्यो।
लक्ष्य पछ्याउने क्रममा पञ्जाब केही दबाबमा परेको देखिए पनि १४ ओभरमा १२.१ ओभरमै जित हासिल गर्यो। पञ्जाबको प्लेइङ-११ मा रहेका पूर्व आरसिबी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको विजयी लय कायम राखे।

तर अब खेल स्थल परिवर्तन भएको छ। आरसिबीले अहिले मल्लापुर पुगेको छ। त्यो पञ्जाबको नयाँ घरेलु मैदान हो। आरसिबीले यो सिजनमा घरेलु मैदानबाहिर राम्रो प्रदर्शन गरिरहेको छ। त्यसैले चिन्नास्वामी बाहिर खेल्नु नै आरसिबीको लागि जितको मुख्य आशा गर्ने विषय हुनेछ ।
आरसिबीका फिल साल्ट राम्रो खेल्छन् । उनी प्रतिद्वन्द्वीमाथि एक्लैले दबाब बनाउँछन्। उनी फ्लप हुँदा देवदत्त पडिक्कल, रजत पाटीदार र जितेश शर्माले जिम्मेवारी सम्हाल्ने छन् ।
आज नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुने खेलमा कडा प्रतिस्पर्धा हुनसक्छ। मल्लापुरमा खेलेको आफ्नो अघिल्लो खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्ससँगको खेलमा इतिहासकै सबैभन्दा कम स्कोर बनाएको थियो । जबकि त्यो पिचमा २ सय रन भन्दा बढी अपेक्षित थियो।
पन्जाब अब मल्लापुरमा उच्च नतिजासहित समाप्त गर्न चाहन्छ । त्यसपछि आफ्नो अपनाइएको घरेलु मैदान धर्मशालातर्फ जानेछ। टोलीले प्रि-सिजन क्याम्प त्यहि गरेको थियो ।
७ खेलमा १० अंकसहित पन्जाब तेस्रो र ८ अंकका साथ आरसिबी पाँचौं स्थानमा छ। आइपिएलमा अहिले सम्म ३४ खेलमा आमनेसामने हुँदा पन्जाब १८ र आरसिबी १६ पटक विजयी भएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]