8 months ago
April 20, 2025
एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।
जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो।
ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। तर यसपछि रोहित र सूर्यकुमारले दोस्रो विकेटको लागि अविजित १ सय १४ रनको साझेदारी गरे। यी दुई खेलाडीलाई चेन्नईका कुनै पनि बलरले आउट गर्न सकेनन्।
रोहितले विष्फोटक ब्याटिङ गरे। रोहितले ३३ बलमा अर्धशतक बनाए। उनी अविजित ७६ रनमा रहे। ४५ बल खेल्दै ४ चौका र ६ छक्का उनले प्रहार गरे। सूर्यकुमार ३० बलमा ६ चौका र ५ छक्का सहित अविजित ६८ रन बनाए।
बलिङमा चेन्नईले निराशाजनक प्रदर्शन गरे। रबिन्द्र जडेजाले एक विकेट लिए। अन्यले विकेट लिन सकेनन्।
त्यसअघि वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्।
यसअघि ओपनर राचिन रविन्द्र ५ रनमा, आयुष माहात्रे २२ रनमा र शेख रसिद १९ रनना आउट भए। ३ विकेट गुमाउँदा चेन्नईले ६३ रन मात्र जोडेको थियो।
यसपछि रविन्द्र जडेजा र शिवम दुबेले अर्धशतक बनाउँदै इनिङ्स सम्हाले। शिवमले ३२ बलमा २ चौका र ४ छक्का सहित ५० रन जोडे।
जडेजा अविजित ५३ रनमा क्रिजमा रहे। उनले ३५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। बलिङमा जसप्रित बुम्राहले २ विकेट लिए।
मुम्बईको चौथो जित हो। ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चार अंक सहित अंक तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]