8 months ago
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्पोरेट महिलाहरुको लागि आयोजना गरिने क्रिकेट प्रतियोगिता ‘शी स्ट्राइक्स’ को तेस्रो संस्करण यसै साता हुने भएको छ।
९ वटा कर्पोरेट टोलीहरुको सहभागितामा बैशाख १२ र १३ गतेका सिन्धुली बिपि राजमार्गमा पर्ने मुलकोटस्थित क्वालिटी बिच रिसोर्टमा क्रिकेट हुने सोमवार आयोजक एन इभेन्ट्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। जसको समूह ‘ए’ मा सिटिजन लाइफ इन्स्योरेन्स, सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स र सिटिजन्स बैंक छन्।
समूह ‘बी’ मा एनसेल, सुर्या नेपाल र क्लाउडफ्याक्ट्री तथा समूह ‘सी’ मा एजु-ब्रिज, राष्ट्रिय वाणिज्य बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रतिस्पर्धा गर्नेछन्।
‘शी स्ट्राइक्स’ कर्पोरेट महिलाहरूले आफ्नो दैनिकीबाट बाहिर निस्किएर आपसी सम्बन्ध बनाउने, प्रतिस्पर्धा गर्ने र रमाइलो गर्ने एउटा उत्सवको रुपमा आयोजना गर्न लागिएको बताइएको छ।
दुई दिने प्रतियोगिता समूह चरणबाट सुरु हुनेछ।त्यसपछि टिमहरू ‘कन्टेन्डर स्टेज’ मा पुग्नेछन्। समूह चरणको नतिजाका आधारमा ३ वटा पूलमा विभाजन गरिनेछ ।
हरेक समूको शीर्ष स्थानका टोली ‘एलिट पूल’, दोस्रो स्थानका ‘च्यालेन्जर पूल’ र तेस्रो स्थानका लागि ‘प्लेट पूल’ मा रहनेछन्।
‘एलिट पूल’ दुई टोली ‘क्वालिफायर १’ मा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेता सिधै फाइनल प्रवेश गर्नेछ। पराजित टोलीसँग अझै उपाधिको अवसर बाँकी रहनेछ।
त्यो टोलीले ‘क्वालिफायर २’ मा ‘च्यालेन्जर पूल’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। त्यो खेलको विजेता फाइनलमा पुग्नेछ । ‘प्लेट पूल’ का टोलीले ‘प्लेट च्याम्पियनसिप’ को लागि प्रतिस्पर्धा गर्नेछन् ।
सोही अवसरमा ट्रफीको अनावरणका साथै सहभागी टोलीका कप्तानलाई जर्सी हस्तान्तरण गरियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]