8 months ago
April 25, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एक महिना नाघेको छ। सहभागी टोलीले दोस्रो रिटर्न लेग खेल्न थालेका छन्।
त्यसैले कुनै पनि टोलीलाई अहिल्यै आइपिएलबाट बाहिर भन्नु धेरै चाँडो हुन्छ। यहाँसम्म कि पुछारमा रहेका दुई टोली चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले पनि यदि अब बाँकी रहेका सबै ६ खेल जिते भने प्लेअफ पुग्न सक्छन्।
यस्तो सम्भावना पूरा हुन सबै पक्ष मिल्नु पर्दछ ।ठीक जुन यो सिजनमा चेन्नई र हैदराबादको यात्रा हेर्दा खास सम्भव देखिँदैन।
अहिलेसम्म जम्मा २ जित हात पार्दै चेन्नईले आफ्नो आइपिएल इतिहासको सबैभन्दा खराब सुरुवातको बराबरी गरिसकेको छ। चेन्नईले सन् २०२२ मा पनि ८ खेलमा २ जित मात्र हात पारेको थियो। त्यो संस्करणमा टोली नवौं स्थानमा रह्यो । दुबै टोलीमको मुख्य समस्या भनेको ब्याटिङ हो।
हैदराबादको संघर्ष अझै निराशाजनक छ । किनकि यही ब्याटिङ लाइनअपले एक वर्षअघिसम्म २ सय ५० रन मजाले बनाउँथ्यो। टोलीले ईशान किशन लाई थपेर झन बलियो बनाएको थियो। तर यो सबै ‘फायरपावर’ सामूहिक रुपमा असफल भइरहेको छ।
त्यसलाई चेन्नईले पनि महसुस गरिरहेको हुन सक्छ। चेन्नईले अक्सनमा लिएका खेलाडीहरू मध्ये नूर अहमद बाहेक सबै असफल भएका छन्। केही अनुभवी खेलाडीको प्रदर्शन पनि संतोषजनक छैन ।
चेन्नईको ब्याटिङ लाइनअपमा पहिले यस्तो खेलाडी हुन्थ्यो जसले टोलीको पतनमा मात्रै ब्याटिङ गर्थे। जस्तै एस. बद्रीनाथ वा अजिंक्य रहाणे । जसले कठिन परिस्थितिमा खेललाई सम्हाल्थे।

तर यो सिजनमा चेन्नईका अनुभवी खेलाडीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन् । जसले गर्दा टिम व्यवस्थापन नयाँ विकल्प खोज्न बाध्य भयो। पछिल्लो खेलमा आयुष म्हात्रेले मुंबई इन्डियन्स विरुद्ध केही सम्भावना देखाएका थिए ।
टि ट्वान्टी क्रिकेट बलरका लागि होइन भन्न चलन छ । प्याट कमिन्सलाई यो पुस्ताको उत्कृष्ट बलर मानिन्छ । हैदराबादको बलिङ आक्रमणको नेतृत्व उनले नै गर्छन् । तर उनको आक्रमण न त प्रभावकारी देखिएको छ न त किफायती ।
हैदराबाद सिजनमा सबैभन्दा कम विकेट (३८) लिएको टोली हो । सबैभन्दा बढी रनरेट (१०.५९) खाएका छन्। कमिन्सले यस समस्याको समाधान खोज्न अगाडि सरेर अरू सबैभन्दा बढी ओभर फालेका छन् ।
तर खास सफल भएका छैनन्। उनी हैदराबादका दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । तर ती विकेट प्रति विकेट ४० रन खर्चेर आएको छ।
यस्तो पृष्ठभूमिमा समान ४ अंकसहित नवौं स्थानमा रहेको हैदराबाद र पुछारको चेन्नईबीच आज खेल हुँदैछ। नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]