default_image

8 months ago

April 25, 2025

सनराइजर्स हैदरबादलाई सामान्य लक्ष्य

454 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ५५ रनको लक्ष्य दिएको छ।

सनराइजर्सले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। ओपनर शेख रसिद गोल्डेन डक आउट भए। साम कुरान ९ रनमा र अर्का ओपनर आयुष महात्रे ३० रनमा समेटिए।

कमजोर सुरुवात गरेको चेन्नईको इनिङ्स मिडल अर्डरले पनि जोगाउन सकेनन्। ठुलो साझेदारी बन्न सकेन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो।

डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै टोलीको लागि सर्वाधिक ४२ रन बनाए। दीपक हुड्डाले २२ र रविन्द्र जडेजाले २१ रन बनाए।

बलिङमा हर्षल पटेल नायक बने।‌ उनले ४ ओभर बलिङ‌ गर्दै २८ रन मात्र खर्चदै ४ विकेट लिए। प्याट क्युमिन्सले २ विकेट झारे।

लिगको पुछारमा संघर्षरत चेन्नई र सनराइजर्स दुवैको यो नवौं खेल हो। दुवैसँग समान ४ अंक छ। सनराइहर्स नवौं र चेन्नई दशौं स्थानमा छ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.