8 months ago
April 30, 2025
विराटनगर (हाम्रो खेलकुद)- मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भारतको आसाम क्रिकेट क्लब जित हात पार्न सफल भएको छ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको सहज नतिजामा हरायो। २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो।
ब्याटिङमा फितलो प्रदर्शन गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५/१५ रन बनाए। चिराग शाहले ११ रन जोडे। यी तीन बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।
बलिङमा तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए। राज विश्वले २ विकेट झारे।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै २सय ९ रन बनाउन सफल रहयो।

आसामको लागि कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रनको सानदार पारी खेले। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अरुण सोनारले ५१ रन जोडे। यस्तै राज विश्वले २४ र केभिन संजिवले १५ रन बनाएका थिए।
कोशीको लागि देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट झारे।
हिजो कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। तर आज आसामसँगको हार पछि समुह ‘बी’ बाट फाइनल पुग्ने टिमको निर्णय भोलि हुने नेपाल पुलिस क्लब र आसाम बीचको खेलले तय हुनेछ। आसामले पुलिसलाई पराजित गरेको खण्डमा आसाम दुवै जितको साथ समुह विजेताको हैसियतले फाइनल पुग्नेछ। यदी पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र आसाम मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ। समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिवार हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]