8 months ago
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ।
हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।ओपनर अभिषेकले ४१ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ७४ रनको योगदान गरे।
अर्को ओपनर ट्रेभिस हेडले २० रन बनाए। हेन्रिक क्लासनले २३ रन जोडे । नितिश कुमार रेड्डीले २१ रन बनाए । प्याट कमिन्सले १९ र इशान किसानले १३ रन जोडे ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २, इशान शर्मा र गेराल्ड कोट्जेले समान १ विकेट लिए।
नरेन्द्र मोदी स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो। गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।
ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरुवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए।
त्यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे। उनी रन आउट भए।
बटलरले पनि अर्धशतक पूरा गरे । उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे।
बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान १ विकेट लिए।
गुजरात १४ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा छ। हैदराबाद ६ अंकसहित नवौं स्थानमा रहेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]