8 months ago
May 3, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले चेन्नई सुपर किङ्सलाई जितका लागि २ सय १४ रनको चुनौती दिएको छ।
टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो। आरसिबीले पहिले ब्याटिङ २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको छ।
सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्लेमा ७२ रन जोड्यो। जाकोब बेथेल र विराट कोहलीले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरे।
यी दुईले चेन्नईका बलरहरूलाई दबाब दिए। दुवैले अर्धशतक बनाए। ९.५ओभरमा माथिसा पाथीरानाले यो साझेदारी तोडे। ३३ बलमा ८ चौका र २ छक्का सहित ५५ रन जोडेर जाकोब आउट भए।
सानदार ब्याटिङ गरेका विराटले मात्र ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। उनले ६२ रनको योगदान दिए। ओपनरले सुरुवात दिलाए पनि मिडिल अर्डरका ब्याटरको प्रदर्शन फितलो रहयो। देवदत्त पाडिक्कल १७ रनमा, कप्तान रजत पाटिदार ११ रनमा र जितेश शर्मा ७ रनमा आउट भए।
तर सातौं क्रमका रोमारियो सेपर्डले बिष्फोटक ब्याटिङ गरे। १४ बल मात्र खेल्दै ४ चौका र ६ छक्का सहित अविजित ५३ रनको सानदार पारी खेल्दै टिमको योगफल बढाउन महत्वपूर्ण भुमिका खेले।
माथिसा पाथीरानाले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए। नुर अहमद र साम कुरानले समान १ विकेट झारे।
आरसिबी १४ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा छ। मात्र ४ अंक बनाएको चेन्नई लिगको पुछारमा रहेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]