8 months ago
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
यसअघि लगातार दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई शनिवार २४ रनले पराजित गर्दै पुलिस पहिलो पटक च्याम्पियन बनेको हो।
विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा जितको लागि २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मी ४८ ओभरमा अल आउट हुँदै २ सय १५ रनमा समेटियो।
उपाधिमा ह्याट्रिक गर्ने दाउमा रहेको आर्मीले सुरुवात राम्रो गर्यो। १ सय ३० रन जोड्दा मात्र १ विकेट गुमाएको थियो।
सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई विपिन खत्रीले क्याच आउट गरेपछि आर्मी सम्हालिन सकेन। त्यसपछि निरन्तर अन्तरालमा विकेट झर्यो।
हिमांशुले अर्धशतकीय पारी खेले। उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।
बलिङमा श्रवन यादवले १० ओभरमा ६३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। चित्र बिष्टले २ विकेट लिंदा विपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट झारे।
त्यस अघि टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो।
पुलिसले सुरुवात राम्रो गर्न सकेन । ७७ रन बनाउँदा ४ विकेट गुमाएको थियो। यसपछि पाँचौ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए। यी दुवैले अर्धशतक बनाए।
अरुण ऐरीले सर्वाधिक ६४ रन जोडे। कप्तान शंकर रानाले ५१ रनको पारी खेले दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रनको बनाए।
बलिङमा दुर्गेश गुप्ता नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए।
आर्मीका नरेन साउद प्रतियोगिताको उत्कृष्ट खेलाडी बने। उनलाई २५ हजार रुपैयाँ प्राप्त गरे । पुलिसका शंकर राना उत्कृष्ट ब्याटर , कोशी प्रदेशका प्रेम कामत उत्कृष्ट बलर घोषित भए। उनीहरुले समान १५ हजार रुपैयाँ पाए ।
एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेता पुलिसले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो। एक साता सम्म चलेको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]