7 months ago
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितको लागि २ दय ७ रनको चुनौती दिएको छ।
इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो।
ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए। ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमायो।
यसपछि कप्तान अजिन्के राहने र अंगकृश रघुवंशीले तेस्रो विजेटको लागि ४२ रनको साझेदारी गरे। राहने ३० रनमा आउट भए।
अंगकृश र आन्द्रे रसलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए।
रसलले उत्कृष्ट ब्याटिङ गरे। २५ बलमा ४ चौका र ६ छकमका सहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए।
बलिङमा जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १/१ विकेट लिए। कोलकाता ९ अंक सहित सातौं स्थानमा र राजस्थान ६ अंक सहित आठौं स्थानमा रहेका छन्।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]