default_image

8 months ago

May 4, 2025

कोलकाताको रोमान्चक जित

984 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले हराएको छ।

जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो।

टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। चौथो क्रमका कप्तान रियान पराग बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

रियान शतकबाट ५ रनले चुके। बिष्फोटक ब्याटिङ गरेको उनले ४५ बलमा ६ चौका र ८ छक्का सहित ९५ रनको पारी खेले। तर यो उनको प्रदर्शन जितको लागि प्रयाप्त भएन्।

यशस्वी जैसवलले ३४ रनमा र सिम्रन हेटमेयरले २९ रनमा आउट भए। शुभम दुबे र जोफ्रा आर्चर क्रिजमा थिए। अन्तिम ओभरमा जितको लागि २२ रन जोड्नु पर्ने थियो।

यो ओभर निकै रोमाञ्चक बन्यो। दुबेले २ छक्का र एक चौका प्रहार गरे। १९ रन जोडिसकेको थियो। अन्तिम बलमा जितको लागि ३ र बराबरीको लागि २ रन जरुरी थियो। जहाँ १ रन जोडेर दुबे रन आउट हुँदा राजस्थान १ रनको पिडादायी हार बेहोर्न बाध्य भयो।

बलिङमा मोइन अलि, हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।

त्यसअघि इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्ने निर्णय गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो।

ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए। ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमायो।

यसपछि कप्तान अजिन्के राहने र अंगकृश रघुवंशीले तेस्रो विजेटको लागि ४२ रनको साझेदारी गरे। राहने ३० रनमा आउट भए। अंगकृश र आन्द्रे रसलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए।

रसलले उत्कृष्ट ब्याटिङ गरे। २५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए।

बलिङमा जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १/१ विकेट लिए।

कोलकाता ११ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। राजस्थान ६ अंक सहित आठौं स्थानमा रहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.