8 months ago
May 5, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ।
हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्।
यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो।
अत्यन्त खराब सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेको समाप्तिमा २६ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो।
हैदराबादका बलर प्याट कमयुमिन्सले सानदार सुरुवात दिलाए। उनले पहिलो तीन क्रमका ब्याटर करूण नायरलाई शुन्यमा , फाप डु प्लेसिसलाई ३ रनमा र अभिषेक पोरेललाई ८ रनमा आउट गरे।
लगत्तै कप्तान अक्षर पटेल ६ रनमा र के एल राहुल पनि १० रनमा पबिलियन फर्किए। मात्र २९ रन जोड्दा दिल्लीले २९ रन मात्र बनायो। यसपछि विपराज निगम पनि १८ रन जोडेर रन आउट भए।
त्यसपछि ट्रिस्टान स्टब्सले अविजित ४१ र आठौं क्रमका आशुतोष शर्माले ४१ रन बनाएपछि दिल्ली अत्यन्त कम योगफलमा समेटिनबाट जोगियो।
क्युमिन्सले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए।
दिल्ली ११ अंक सहित लिग तालिकाको पाँचौं स्थानमा छ। ७ अंक जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]