7 months ago
May 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले गुजरात टाइम्सलाई जितको लागि १ सय ५६ रनको चुनौति दिएको छ।
टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो।
ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन मात्र जोडेको थियो। यसपछि विल ज्याक्स र सूर्य कुमार यादवले तेस्रो विकेटको लागि ७१ रनको साझेदारी गरे।
सूर्य कुमार ३५ रनमा आउट भए। अर्धशतक बनाएको विलले ३५ बलबाट ५३ रन जोडे। कोर्बिन बोचले २७ रन बनाए। तीन खेलाडी बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन्।
बलिङमा साइ किशोरले २ विकेट लिए। समान १४ अंक सहित मुम्बई तेस्रो र गुजरात लिग तालिकाको चौथो स्थानमा रहेका छन्।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]