8 months ago
May 7, 2025
एजेन्सी – वर्षाका कारण पटक-पटक प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ ।
मुम्बईले जितका लागि २० ओभरमा १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएकोमा उक्त लक्ष्य ७ विकेटको क्षतिमा पूरा गर्दै महत्त्वपूर्ण २ अंक जोड्यो ।
तेस्रो पटक वर्षापछि खेल सुरू हुँदा गुजरातलाई १ ओभरमा १५ रन आवश्यक थियो । तर दीपक चाहरले पहिलो ३ बलमै चौका र छक्का खाएपछि गुजरात जिततर्फ अग्रसर भयो । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा रनआउट गर्न नसक्दा मुम्बई पराजित भयो ।
गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए ।
मुम्बईका लागि जसप्रित बुमराहले गिल र शाहरुख खानलाई बोल्ड गर्दै एक समय खेलमा फर्काएका थिए । तर अन्तिम ओभर र कप्तान पान्ड्याको खराब बलिङ घातक बन्यो । बुमराह, बोल्ट र अश्वनीले २-२ तथा चाहरले १ विकेट लिए ।
त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो । मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो ।
ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन मात्र जोडेको थियो । यसपछि विल ज्याक्स र सूर्य कुमार यादवले तेस्रो विकेटको लागि ७१ रनको साझेदारी गरे ।
सूर्य कुमार ३५ रनमा आउट भए । अर्धशतक बनाएको विलले ३५ बलबाट ५३ रन जोडे । कोर्बिन बोचले २७ रन बनाए । तीन खेलाडी बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
गुजरात ११ खेलमा ८ जितसँगै १६ अंक बोकेर शीर्षस्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अंक छ । भोली आइपिएलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]