default_image

7 months ago

May 7, 2025

चेन्नईको जितमा कोलकातालाई धक्का

1826 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ।

चेन्नईले २ बल अगाडि २ विकेटको जित दर्ज गर्यो। यो हारमा कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ।

जितको लागि १ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो।

ओपनर आयुष महतरा र डेभोन कनवे शुन्यमा आउट भए। यसपछि उर्भिल पटेल ३१ रनमा, रविचन्द्र आश्विन ८ रनमा र रविन्द्र जडेजा १९ रनमा पबिलियन फर्किए। ५ विकेटको नोक्सानीमा चेन्नईले ६० रन मात्र जोड्यो।

यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबेले छैटौं विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासे। अर्धशतक बनाएका ब्रेभिसले २५ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ८ बलबाट १० रन चाहिंदा क्रिजमा टिकेका शिवम ४४ रनमा आउट भए। उनलाई वैभव अरोराले आउट गरे।

त्यसपछि अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिंदा अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै जितलाई सहज बनाए। धोनीले अविजित १७ र अंशुलले अविजित ४ रन बनाएर चेन्नईलाई जित दिलाए।

बलिङमा वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर ३ विकेट लिए। हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। कप्तान अजिन्के राहनेले सर्वाधिक ४८ रन जोडे। ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे‌। सुनिल नराइनले २६ रन बनाए।
बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

कोलकाता ११ अंक सहित लिग तालिकाको छैटौं स्थानमा छ। यो सँगै उसको प्ले अफ यात्रा अत्यन्त कऔन बनेको छ। गणितीय आधार मात्र बाँकी छ। चेन्नईले तेस्रो जितमा ६ अंक बनाएको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.