default_image

7 months ago

May 9, 2025

आईपीएल एक साताको लागि स्थगित

977 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ ।

बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको हो ।’

बीसीसीआईले सुरक्षाबलको तयारी र क्षमतामा पूर्ण विश्वास राखे पनि सबै सरोकारवालाको साझा हितलाई ध्यानमा राखेर यो निर्णय लिएको बताएको छ ।

विहीबार धर्मशालामा भएको पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि उक्त क्षेत्रमा रहेका खेलाडी, कर्मचारी र सञ्चारकर्मीलाई सुरक्षित स्थानमा सारिने तयारी गरिएको थियो । धर्मशाला कश्मीर नजिकैको संवेदनशील क्षेत्र हो ।

‘परिस्थितिको पूर्ण मूल्यांकनपछि सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ तालिका र स्थानबारे सूचना सार्वजनिक गरिने,’ बीसीसीआईले जनाएको छ।

आईपीएल २३ मेसम्म चल्ने तालिका थियो । आइपिएलमा कुल १६ खेल बाँकी छन् ।‌

पाकिस्तानले हिजो ड्रोन र मिसाइलमार्फत आफ्ना तीन वटा सैन्य बेसमाथि आक्रमण गरेको आरोप भारतले लगाएको छ। जुन पाकिस्तानले अस्वीकार गरेको छ । मंगलबार साँझ भारतले “अप्रेशन सिन्दूर” नामक सैन्य कारबाही सुरु गरेपछि स्थिति झन तनावपूर्ण बनिरहेको छ ।‌

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.