7 months ago
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ ।
वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
नेपालको जितमा ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रनको योगदान दिइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् । कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै नटआउट रहिन् । कविता भने रनआउट भएकी थिइन् ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोडेको थियो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन् । उनले ६ चौका र १ छक्का प्रहार गरिन् ।

थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रन जोडे । नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईलाई १ छक्का र ३ चौकासहित २० रन प्रहार गरेपछि बहराइनले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो । नेपालको ३ अंक पुग्दा हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र विहीबार बहराइनसँग खेल्नेछ ।
समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ । तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]