7 months ago
May 12, 2025
एजेन्सी – भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल प्रभावबाट सन्न्यासको घोषणा गरेका छन्।
इंग्ल्यान्डसँगको ५ टेस्ट सिरिज अघि उनले सन्न्यासको घोषणा गरेका छन्। यस अघि भारतीय टोलीका कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गरेका थिए।
३६ वर्षीय कोहलीले भारतका लागि १ सय २३ टेस्ट खेलेका छन् । ४६.८५ को औसतले ९ हजार २ सय ३० रन बनाएका छन्।
‘मैले टेस्ट क्रिकेट खेलेको १४ वर्ष भइसकेछ,” कोहलीले सामाजिक सञ्जालमा लेखेका छन्,’ साच्चै भन्नुपर्दा, यसले मलाई कुन यात्रामा लैजाला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। यसले मलाई परिक्षा गर्यो, गढ्यो, र जीवनभर उपयोगी हुने पाठहरू सिकायो।’
कोहलीले भारतले सन् २०२४ को विश्वकप जितेपछि टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। तर उनी एकदिवसीय खेल जारी राख्ने अपेक्षा गरिएको छ।
२०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरेपछि कोहलीले ६८ टेस्टमा कप्तानी गरे, जसमा उनले ४० खेल जितेर टेस्टमा भारतको सबैभन्दा सफल कप्तान बने।
‘सेतो पोसाकमा खेल्नु भनेको केही गहिरो व्यक्तिगत अनुभूति हो। त्यो मौन संघर्ष, लामो दिनहरू, साना क्षणहरू — जुन अरु कसैले देख्दैन तर तिमीभित्र सधैं बसिरहन्छन्,’ उनले थपे।
उनले अगाडि लेखेका छन्,’ म टेस्ट क्रिकेटबाट टाढा हुँदैछु, यो सजिलो छैन । तर सही लागिरहेको छ। मैले जे दिन सक्थेँ, सबै दिएको छु र यसले मलाई मैले अपेक्षा गरेभन्दा बढी दिएको छ।’
कोहलीले सबैलाई धन्यवाद दिएका छन्। ‘ म कृतज्ञताको भावनासहित विदा हुँदैछु — खेलप्रति, मसँग मैदान बाँडेका सबैप्रति र प्रत्येक त्यस्ता व्यक्तिप्रति जसले मलाई यो यात्रा महसुस गराए। म मेरो टेस्ट करिअरलाई सधैं मुस्कानसहित सम्झिनेछु।’
कोहलीलाई उनको युगका चार महान ब्याटरमध्ये इंग्ल्यान्डका जो रुट, अस्ट्रेलियाका स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियमसनसँगै राखिन्छ । उनले टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन्।
तर अष्ट्रेलियाविरुद्ध गत नोभेम्बरमा पहिलो टेस्टमा बनाएको नटआउट १ सय रन १६ महिनाका १५ इनिङपछि आएको उनको पहिलो शतक थियो ।
जनवरी २०२० यता उनले ३९ टेस्टमा मात्र ३ शतक बनाएका छन्। यस अवधिमा उनको औसत ३०.७२ रहेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]