7 months ago
May 12, 2025
एजेन्सी – विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल शनिवार ( मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी ) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन ३ ) गते हुने जनाएको छ।
यसअघि, भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण गत हप्ता आइपिएल २०२५ सिजन स्थगित गरिएको थियो। शनिवार युद्धविरामको घोषणा भएपछि प्रतियोगिता पुनः सुरु हुने बाटो खुलेको हो।
क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे३० ) मा हुनेछ। त्यस्तै क्वालिफायर २ जेठ १८ गते (जुन १) हुनेछ।
प्लेअफ खेलहरुको स्थान अझै घोषणा गरिएको छैन। आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘प्लेअफ खेलहरुको स्थलबारे विवरण पछि सार्वजनिक गरिनेछ।’
लिग चरणको खेल जेठ १३ गते (मे २७ ) लखनऊ सुपर जाइण्ट्स र आरसीबी बीच एकाना स्टेडियममा हुनेछ।
संशोधित पहिलो डबल हेडर (एकै दिन दुई खेल) आइतवार (मे १८) हुनेछ
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]