default_image

7 months ago

May 13, 2025

हङकङसँग नेपाल पराजित

1576 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो।

नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन हङकङले २ विकेट गुमायो। केरी चान गोल्डेन डक आउट हुँदा कपमतान नताशा माइल्स पनि रनको खाता नखोली आउट भए। कविता कुँवर र पुजा महतोले पहिलो र दोस्रो विकेट लिए।

यसपछि मारिको हिल र यसमिन दसवानीले तेस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै हङकङलाई जिततर्फ डोर्याए। मारिकोले ११ बलमा ११ रन बनाइन्। उनी रिया शर्माको बलमा आउट भईन्। यासमिन अविजित ३ रनमा क्रिजमा रहिन्।

यसअघि बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हिजो रातिको वर्षाले मैदान भिजेको कारण खेल निकै ढिला गरी सुरू भयो।

खेललाई ५ ओभरमा घटाएर सुरूवात गरियो। जहाँ टस जितेर हङकङले पहिले नेपाललाई ब्याटिङको लागि उतार्यो।

नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै मात्र २९ रन जोड्न सक्यो। ओपनर कविता कुँवर मात्र २ रनना र सम्झना खड्का १० रन जोडेर आउट भए।

१३ रन बनाउँदा नेपालले दुई ओपनरलाई गुमायो। यसपछि कप्तान इन्दु बर्मा र पूजा महतो क्रिजमा थिए। ठुलो सट खेल्ने क्रममा पुजा इक्रा सहरको बलमा नताशा माइल्सको बलमा मात्र ३ रन जोडेर क्याच आउट हुन पुगिन्।

ब्याटिङमा संघर्ष गरेको नेपालले ४ ओभरको समाप्तिमा ३ विकेटको नोक्सानीमा मात्र २३ रन बनायो। इन्दु अविजित ९ रनमा र रुबिना क्षेत्री अविजित ४ रनमा क्रिजमा रहे।

सुपर थ्री प्रवेशको लागि जित नेपाललाई जरूरी थियो। तर नेपालले ब्याटिङमा फितलो प्रदर्शन गर्यो। ५ ओभरको खेलमा मात्र सम्झनाले एक चौका प्रहार गरिन्।

बलिङमा केरी चान, एलिसन सिउ र इक्रा सहरले १-१ विकेट लिए। नेपालले तीन खेलमा ३ अंक बनाएको छ।

यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वेट आउट फिल्डको कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा भने बहराइनलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको थियो।

क्वालिफायरमा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा जारी छ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

समूह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्।‌ समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.