default_image

7 months ago

May 13, 2025

हङकङसँग नेपाल पराजित

1579 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो।

नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन हङकङले २ विकेट गुमायो। केरी चान गोल्डेन डक आउट हुँदा कपमतान नताशा माइल्स पनि रनको खाता नखोली आउट भए। कविता कुँवर र पुजा महतोले पहिलो र दोस्रो विकेट लिए।

यसपछि मारिको हिल र यसमिन दसवानीले तेस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै हङकङलाई जिततर्फ डोर्याए। मारिकोले ११ बलमा ११ रन बनाइन्। उनी रिया शर्माको बलमा आउट भईन्। यासमिन अविजित ३ रनमा क्रिजमा रहिन्।

यसअघि बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हिजो रातिको वर्षाले मैदान भिजेको कारण खेल निकै ढिला गरी सुरू भयो।

खेललाई ५ ओभरमा घटाएर सुरूवात गरियो। जहाँ टस जितेर हङकङले पहिले नेपाललाई ब्याटिङको लागि उतार्यो।

नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै मात्र २९ रन जोड्न सक्यो। ओपनर कविता कुँवर मात्र २ रनना र सम्झना खड्का १० रन जोडेर आउट भए।

१३ रन बनाउँदा नेपालले दुई ओपनरलाई गुमायो। यसपछि कप्तान इन्दु बर्मा र पूजा महतो क्रिजमा थिए। ठुलो सट खेल्ने क्रममा पुजा इक्रा सहरको बलमा नताशा माइल्सको बलमा मात्र ३ रन जोडेर क्याच आउट हुन पुगिन्।

ब्याटिङमा संघर्ष गरेको नेपालले ४ ओभरको समाप्तिमा ३ विकेटको नोक्सानीमा मात्र २३ रन बनायो। इन्दु अविजित ९ रनमा र रुबिना क्षेत्री अविजित ४ रनमा क्रिजमा रहे।

सुपर थ्री प्रवेशको लागि जित नेपाललाई जरूरी थियो। तर नेपालले ब्याटिङमा फितलो प्रदर्शन गर्यो। ५ ओभरको खेलमा मात्र सम्झनाले एक चौका प्रहार गरिन्।

बलिङमा केरी चान, एलिसन सिउ र इक्रा सहरले १-१ विकेट लिए। नेपालले तीन खेलमा ३ अंक बनाएको छ।

यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वेट आउट फिल्डको कारण रद्द भएको थियो। नेपालले दोस्रो खेलमा भने बहराइनलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको थियो।

क्वालिफायरमा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा जारी छ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

समूह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्।‌ समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.