7 months ago
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ ।
न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो । नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन गरेपनि मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहे । सोमपालले नटआउट ९ रन जोडे । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए । उनी आउट हुँदा नेपाल ५६-६ को दयनीय अवस्थामा थियो । तर गुलशन र आरिफले सताउन विकेटका लागि १ सय ३३ रनको बलियो साझेदारी बुन्दै जितको आधार बनाए ।
त्यसअघि कार्डिफमा अवस्थित न्यू पोर्टले २ सय १२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले १ सय १८ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ सफलता हात पारे । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।
नेपालले स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ । कप्तान रोहित शनिबार बेलायत प्रस्थान गर्दैछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]